दफा ५७६
नासो लिए दिएको मानिनेः

(१) नासो लिने व्यक्तिले नासो राख्न दिएको वस्तु प्राप्त गरेपछि नासो लिने दिने काम पूरा भएको मानिनेछ ।
(२) कुनै वस्तु पहिलेदेखि कुनै व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले आफ्नो जिम्मा वा कब्जामा लिई राखेकोमा त्यस्तो वस्तु निजले नासो सरह लिएको मानिनेछ ।